निलिषा र समीर पोखरा चाइल्ड स्टार
पाेखरा | बैशाख २४, २०८१
पोखरा: पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वेच्छा क्षेत्री भए । केटातर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनरअप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने ।
नन्द इन्टरटेनमेन्ट हाउसले पोखराा आयोजना गरेको उक्त इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए ।
कार्यक्रममा चाइल्ड स्टार सिजन–१ विजेता विल्सन ठकुरीको म्यूजिक भिडियो लोकार्पण गरियो । साथै, साहित्य सम्राट तथा अलौकिक कवि देशभक्त कुँवर, संकेत अगस्ती र गायक विश्वराज न्यौपानेलाई सम्मान गरियो ।
निर्णायक मण्डलको प्रमुख डा. जग्गनाथ रेग्मी थिए । अन्य निर्णायकमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी तथा शिक्षिका जमुना गिरी थिए भने । निर्णायक व्यवस्थापनमा प्राडा यमबहादुर पौडेल क्षत्री थिए ।
विजेतालाई प्रमुख अतिथि एसएसपी शारदाप्रसाद चौधरीबाट अवार्ड, ताज तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
पूजा शर्मा र रोहन गुरुङको कोरियोग्राफी रहेको कार्यक्रमको संचालन सुमी पुरी र देवेन्द्र शाहीले गरे भने स्वागत सोनी पुरीले गरिन् । समापन आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापाले गरेका थिए । नन्द इन्टरटेनमेन्ट हाउसले यसअघि गण्डकी डान्स, सोसल अवार्ड जस्ता कार्यक्रम गरिसकेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

